आर्थिक

सुनको मूल्य चार सयले बढेर हालसम्मकै उच्च

२९ असोज, काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रतितोला चार सयले बढेर दुई लाख ४८ हजार ९०० पुगेको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ८५ ले घटेर आज तीन हजार २४० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो मङ्गलबार सुन प्रतितोला दुई लाख ४८ हजार ५०० र चाँदी प्रतितोला तीन हजार ३२५ मा किनबेच भएको थियो ।