राजनीति

महासचिव पोख्रेलको आग्रहः हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन् –सबैलाई कडा कारबाही गरौं

११ कात्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले, ‘ राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन् — सबैलाई कडा कारबाही गरौं भनेका छन् । ‘भन्दै आश्चार्य व्यक्त गरेका छन् ।
उनले जेनजी आन्दोलनका नाममा भएका लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जथ्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेछन् ! भन्दै आश्चार्य व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्ः

लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जथ्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेछन् !
राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन् – सबैलाई कडा कारबाही गरौं।
देश जलिरहेको बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौं।