१४ कात्तिक, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा शेखर कोइराला समूहले पौष १६ गतेभित्र महाधिवेशन गर्नुपर्ने माग गरेको छ ।
आज वरिष्ठ नेता डा कोइरालाको विशालनगरस्थीत सम्पर्क कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
आज डा कोइराला, महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मा, उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, बद्री पाण्डेलगायतको उपस्थितिमा उक्त निर्णय भएको हो ।
बिहीबारको केन्द्रीय समिति बैठक बहिस्कार गरेका महामन्त्री गगन कुमार थापाले आजको बैठकमा भने आफ्नो समूहको दमदार रूपमा उपस्थिति हुने अनुमान लगाइएको छ ।
प्रस्ताव तयार गर्ने जिम्मेवारीसमेत दुई महामन्त्री द्वय थापा र शर्मालाई दिइएको छ । ५४ प्रतिशत हस्ताक्षर बुझाएको अवस्थामा महाधिवेशन घोषणा नभए आफैँ महाधिवेशन बिलाउनेसम्ममा पुगेका महामन्त्रीद्वयले आगामी दिनमा कस्ता निर्णय लिन्छन् त्यो भने हेर्न बाँकी छ ।





