१९ कात्तिक, काठमाडौँ । नेपाली काँग्रेसका माहामन्त्री गगन कुमार थापाले दुई महिनामा पार्टीको अधिवेशन गर्न समय पुग्दैन भन्ने कुरा गलत भएको बताएका छन् ।
उनले अहिले भर्खरै सामाजिक सञ्जालमा बोल्दै फागुन २१ गतेको निर्बाचनमा मत माग्ने बेला भयो, अब अधिवेशन गर्न भ्याईदैन भन्ने तर्क गलत भएको बताए ।
उनले अधिवेशन गरेपतिमात्र जेएनजी आन्दोलनको समेत म्याण्डेट भएको बताउँदै महाधिवेशन गरेपछि पार्टी शुद्धीकरण हुने बताए । उनले निर्बाचनमा काँग्रेस सुध्रिएर निर्बाचनमा गए जनतासँग मत माग्नै नपर्ने बताउँदै मत पटक पटक मागेपनि पार्टी शुद्ध नभए जनताले मत नदिने दाबी गरे ।
उनले सामाजिक सञ्जालमा लेख्दै म्धइ १५ अधिवेशन समयमै भएमा पार्टीलाई डोहोर्याएरलाने मान्छेले जनतासँग उज्यालो मुख लगाएर हिँड्न सक्ने अवस्था आउने बताए ।





