२१ कात्तिक, काठमाडौँ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले माधव कुमार नेपालले कारबाही गरेकोप्रति चिठी लेखेकी छन् । उनी माधव नेपाल पुष्पकमल दहालसँग मिलेपछि नेकपा एमालेमा प्रवेश गरिसकेकी छन् ।
य सअवस्थामा उनले सामाजिक सञ्जालमा यसो भनेकी छन्ः
प्रिय कमरेड माधव नेपाल
अभिवादन !
आफ्नै बैज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ? केही अर्थ छ र अब पनि कारबाहीको ? लोकले के भन्ला भन्ने पनि लागेन र ? तपाई सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख बाँकी समय पार्टी प्रमुखलाई चलाउने र नियन्त्रण गर्ने ज़िम्मेदारीमा बसेर काम गर्नु भयो। यो अन्तिम घटनाले तपाईको ईतिहासलाई फेरी बल्झायो । विर्सेकाहरूले सबै घटना स्मृतिमा लिने भए।
जिन्दगीमा के लानु छ कमरेड ? समाज र देशको लागि जीवनरजवानी अर्पण गरेको ब्यक्तिले। लाने त यति त हो एउटा मिठो वा तितो स्मृति, चिया पशलमा पुग्दा बोल्ने दुई जना मान्छे। आफ्नै मलामी त कसले पो देख्छ र? हार्दिक धन्यवाद यो अन्तिम कर्मको लागि।
बाँकी जीवनको सुखद होस, परिवारमा शान्ति र शुस्वास्थ्यको हार्दिक शुभकामना। तपाई जहाँ रहे पनि हाम्रो अभिभावको हो। मैले यसरी सधैं सम्झने छु।






