राजनीति

वरिष्ठ नेता डा कोइरालाले भनेः काँग्रेस महाधिवेशन चुनाव अगाडी नै हुनुपर्छ

२१ कात्तिक, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले नेपाली काँग्रेसको १५ औँ अधिवेशन निर्वाचन अगावै हुनुपर्ने पक्षमा आफू रहेको बताएका छन् । 

उनले आफू निकट काठमाडौँमा उपलब्ध जिल्ला सभापतिहरूसँगको छलफलमा बोल्दै आफू निर्वाचन अगाडी नै १५ औँ महाधिवेशन हुनुपर्ने पक्षमा रहेको खुलस्त गरेका हुन् । 

डा कोइराला महाधिवेशनका विषयमा चुपचाप बसेको आरोप लागेका बेला कोइरालाले आफू पहिलेदेखि नै समयमै अधिवेशन हुनुपर्ने पक्षमा रहेको र महाधिवेशन भएको ३ वर्ष बित्न नपाउँदै आफूले स्पष्ट सँग सभापतिसङ कुरा राखेको स्मरण गराउन चाहेको बताए । 

महामन्त्री गगन थापाले मङ्सिरमा अधिवेशन गराउन प्रस्ताव गरेका छन् भने संस्थापन पक्षको वैशाखमा अधिवेशन गर्नुपर्ने विचार सार्वजनिक भएको छ । 

नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक केन्द्रीय कार्यालयमा बसिरहेको अवस्थामा डा कोइरालाले आफ्नो पक्षको स्पष्ट धारण राखेका छन् । समानुपातिक बन्द सूची बुझाएरै पौस महिनाभित्र महाधिवेशन गर्न सकिने उनको धारणा छ ।