२७ कात्तिक, काठमाडौँ । बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य पाँच हजार ९०० ले वृद्धि भएको छ । चाँदीको मोल पनि तोलामा १७० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५० हजार २०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी रु तीन हजार ३४५ मा कारोबार भइरहेको छ ।
बुधबार एक तोला सुन दुई लाख ४४ हजार ३०० र चाँदी तीन हजार १७५ मा खरिदबिक्री भएको थियो ।
यही अनुसार बढेमा मंसिरमा बिबाहकोसमेत लगन भएकाले तीन लाख प्रतितोला पुग्नसक्ने अनुमान सर्बसाधारणले लगाएका छन् ।





