आर्थिक

एनपिएल२ को लागि आधिकारिक OTT Platform, डिस हाेम गाे, को सम्पूर्ण तयारी पुरा

२ मसिर, काठमाडौं । क्रिकेट एसोसिएसन अफ नेपाल बाट प्राप्त ओटीटी प्रसाारण अधिकारका आधारमा डिश मिडिया नेटवर्कले नेपाली प्रिमियर लिग दोस्रो संस्करणका सबै ३२ खेल अब डिस होम गो एप मार्फत एक्सक्लुसिभ लाइभ स्ट्रिमिङ गर्न सम्पूर्ण तयारी पुरा गरिएको छ । प्रतियोगिता १६ मंसिर २०८२ सम्म टुटु क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुनेछ ।

सिस होमले भनेको छ, ‘यसबाट एनपीएल २ को प्रत्यक्ष प्रसारण डिस होम गो एप तथा वेबसाइटबाट मात्रै हुनेछ, युट्युवमा स्ट्रिमिङ हुने छैन। सम्पूर्ण खेल बिना विज्ञापन प्रसारण गर्नुहोस्, जसले दर्शकलाई अत्याधुनिक र उच्च गुणस्तरको बिना विज्ञापनको अनुभव दिलाउँछ।’

डिस होमले थपेको छ, ‘सरल र सुविधाजनक भुक्तानीहरु इसेवा, खल्ती, भिजा र मासटर्ड कार्ड नेपाली प्रिमियर लिग २ का सबै खेल अब डिसहोम गो मार्फतइसेवा, खल्ती, भिजा र मासटर्ड कार्ड बाट सहज भुक्तानी देश–विदेशका दर्शकका लागि सहज अनलाइन भुक्तानी सुविधा उपलब्ध गराएको छ। दर्शकले आफ्नो सक्रियता यी माध्यमबाट जुनै भुक्तानी गर्न सक्नेछन्।’