६, मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा विराटनगर किंग्सले दोस्रो जित निकालेको छ । विराटनगरले आज काठमान्डु गोर्खाजलाई हराउँदौ दोस्रो जित निकालेको हो ।
एनपीएल उद्घाटन भएको दोस्रो दिन विराटनगरले पोखरा एभेन्जर्ससलाई जितेको थियो ।
टस जितेर ललिङ रोजेको विराटनगरलाई काठमान्डुले १३५ रनको लक्ष दिउको थियो । उक्त लक्षलाई विराटनगरले १७.२ ओभरा ५ विकेट गुमाएर भटेको थियो ।
विराटनगरका लागि जर्ज मन्सेले सर्वाधिक ३६ रन बनाए । १६ बलको सामना गरेका उनले २ छक्का र ५ चौका प्रहार गरे । त्यसैगरी, मार्टिन गप्टिलले २५ र नरेन साउदले २४ रन जोडे ।





