खेलकुद

काठमान्डुले लुम्बिनीलाई दियो १५८ रनको लक्ष

९ मंसिर, काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज काठमान्डू गोर्खाजले लुम्बिनी लायन्सलाई १५८ रनको लक्ष दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । जसा काठमान्डुले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो ।

काठमान्डुका कप्तटान करण केसी सम्चिन्दा काठमान्डुले बढी रनको लक्ष दिएको हो । केसीले ११ बलमा ३४ रन हानेका थिए । जसमा ५ छक्का हानेर काठमान्डुको स्कोर बढाए ।

लुम्बिनीका कप्तान रोहित पौडेल, खेलाडी शेर मल्ल, गुल्बादिन नायब, रूबेन ट्रम्पलम्यानले दुई÷दुई विकेट लिए ।

काठमाडौँले दुई खेलमा हार तथा एउटामा जित निकालेको छ । काठमाडौँ दुई अङ्कसहित तेस्रो स्थानमा छ ।

यस्तै रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले दुई खेल खेलेको छ । एउटामा जित निकालेको लुम्बिनी दुई अङ्कसहित चौथो स्थानमा छ ।