९ मंसिर, काठमाडौं । पसिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर, एनएमबी बैंक लिमिटेड, र भिसाले नेपालका पर्यटन र आतिथ्य क्षेत्रमा डिजिटल भुक्तानी समाधान प्रवद्र्धन गर्न सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोह आज एनएमबी बैंकको मुख्य कार्यालय, बबरमहल, काठमाडौंमा सम्पन्न भएको हो ।
यस सम्झौताको उद्देश्य एनएमबी बैंकको एक नवीन सम्पर्करहित भुक्तानी समाधान प्रविधि क्इँत् एइक् प्रविधिलाई पर्यटन व्यवसाय र यात्रुहरूको वित्तीय लेनदेनमा सहजता, सुरक्षा, र प्रभावकारिता बढाउन प्रोत्साहन र प्रवर्धन गर्नु हो।
सम्झौता पत्र हस्ताक्षर समारोहमा पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लाकाइ, एनएमबी बैंक लिमिटेडका सीईओ गोबिन्द घिमिरे, र भिसाका बंगलादेश, नेपाल र भूटान देश प्रबन्धक श्री सब्बिर अहमद का साथै भिसा, पाटा नेपाल च्याप्टर र एनएमबी बैंकका अधिकृत प्रतिनिधिहरू पनि उपस्थित थिए।
समारोहमा सम्बोधन गर्दै, तीनै संस्थाले यस साझेदारीले नेपालको यात्रा र पर्यटन क्षेत्रमा डिजिटल रूपान्तरणलाई अगाडि बढाउने महत्वपूर्ण कदम भएको बताए। यस सहकार्यले विशेष गरी साना र मध्यम वर्गका पर्यटन व्यवसायहरूमा डिजिटल भुक्तानीको व्यापक स्वीकृति सुनिश्चित गर्ने अपेक्षा गरिएको छ, जसले वित्तीय समावेशिता र सेवा कार्यक्षमता बढाउन मद्दत गर्नेछ।
नेपालको पर्यटन तथा आतिथ्यता व्यवसाय सम्बन्धित आबद्ध प्रणालीहरु मा दिगो पर्यटन विकास, प्रविधि नवप्रवर्तन, र स्मार्ट व्यवसाय अभ्यासलाई प्रवद्र्धन गर्ने साझा लक्ष्यसँग मेल खाने यस पहलले पाटा, एनएमबी बैंक, र भिसाको साझा दृष्टिकोण समेत प्रवर्धन गर्ने विश्वास लिइएको छ।





