शिक्षा

त्रिविको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सभा आज बस्दै

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक नीति तथा कार्यक्रम पेस गर्ने उद्देश्यसहितको सभा आज बस्दैछ। प्रधानमन्त्री तथा त्रिविका कुलपति सुशीला कार्कीको अध्यक्षतामा बिहान ११ बजे सभा सुरु हुने त्रिवि स्रोतले जनाएको छ।

गत २६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम रोक्दै बजेट मात्र प्रस्तुत गर्न निर्देशन दिएका थिए। सोही निर्देशनपछि रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले २८ अर्ब १२ करोड ५७ लाख २१ हजार रुपैयाँको बजेट पेस गरेका थिए।

तर आजको बैठकमा रोकिएको नीति तथा कार्यक्रम अन्ततः पेस हुने उपकुलपति दीपक अर्यालले जानकारी दिए।
‘आजको सभामा नीति तथा कार्यक्रम प्रस्तुत हुन्छ,’ उनले पुष्टि गरे।

प्रधानमन्त्री बनेपछि सुशीला कार्की पहिलोपटक त्रिवि सभाको अध्यक्षता गर्दैछिन्, जसका कारण आजको बैठकलाई विशेषरूपमा हेरिएको छ।