१६ मंसिर, काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अहिले भइरहेको दोस्रो चरणको खेलमा पोखरा एभेन्जर्सका एडम रोसिङटनको सेन्चुरीमा कर्णाली याक्सलाई १०२ रनको लक्ष दिएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा कर्णालीले टस जितेर फिल्डिङ रोजेपछि पोखराले पहिला ब्याटिङ गर्दै २० ओभरमा २०१ रन बनाएको छ । जसमा एडम रोसिङटन सतक पुरा गरेका छन् ।
पोखराले कर्णालीलाई १२ छक्का र १९ चौका प्रहार गर्दै २ विकेट गुमाएर २०१ रन बानाएको छ ।
आज पोखराका लागि यो स्कोर खडा गर्नमा एडमले अविजित शतकीय पारी खेल्दै १०८ रनको योगदान गरे । यस्तै, जेशन रोयले ४६, धनन्जय लक्षनले २३, कप्तान कुशल भुर्तेलले १८ रन जोडे ।
कर्णालीका नन्दन यादव र मार्क वाटले एक÷एक विकेट लिए । दुवैै टोलीका लागि यो खेल ‘प्लेअफ’ पुग्न महत्त्वपूर्ण छ ।
चारमा एक खेलमात्रै जितेको पोखरालाई यो खेल जिते ‘प्लेअफ’को यात्रामा पुग्न सहज हुनेछ । कर्णालीका लागि भने यो खेल गर या मरको अवस्थामा छ ।
यसअघि आजै भएको पहिलो खेलमा जनकपुरले चितवनलाई छ विकेटले पराजित गरेको थियो ।
दुवै टोलीका लागि यो खेल ‘प्लेअफ’मा पुग्न महत्वपूर्ण छ । चार खेलमा एक खेल मात्रै जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा अघि बढ्न सहज हुनेछ । कर्णालीका लागि पनि प्लेअफमा पुग्न यो खेल जित्नैपर्ने हुन्छ । यसअघि आजै भएको पहिलो खेलमा जनकपुरले चितवनलाई ६ विकेटले हराएको थियो ।






