समाचार

बर्दियामा आत्महत्या प्रकरण: गृह मन्त्रालयद्वारा छानबिन समिति गठन

२१ मंसिर, काठमाडौं। बर्दियाको बढैयाताल–४ मा नागरिकता नपाएको भन्दै एक युवतीले आत्महत्या गरेको घटनाबारे गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ।

समितिको संयोजकमा गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी, सदस्यमा उपसचिव कुलशेखर अर्याल र एक जना थप सदस्य रहनेछन्। समितिलाई पाँच दिनभित्र निष्पक्ष प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।

घटनाको गम्भीरताप्रति चासो व्यक्त गर्दै प्रधानमन्त्री सुशिला कार्कीले पनि गृहमन्त्रीलाई छानबिनको निर्देशन दिएका थिए।