२१ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ। स्रोतका अनुसार, मुद्दा हाल विशेष अदालतमा दर्ता प्रक्रियामा छ।
अख्तियारले तत्कालीन पाँच जना मन्त्रीहरूलाई विपक्षी बनाएर मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो। यो मुद्दामा ८ अर्ब ३६ करोड रुपैयाँ बिगो माग गरिएको छ।
पछिल्लो विवरण अनुसार, तत्कालीन मन्त्री भीम आचार्य, रामकुमार श्रेष्ठ, दिपक अमात्य, रामशरण महत र पोष्टबहादुर बोगटीलाई प्रतिवादी बनाइएको छ। बोगटीको निधन भइसकेको कारण उनकी पत्नी राममाया बोगटीलाई उनका स्थानमा प्रतिवादी बनाइएको छ।
अख्तियारको टोली हाल विशेष अदालतमा मुद्दा दर्ताका लागि उपस्थित छ।





