२२ मंसिर, काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले दल दर्तापछि काठमाडौंमा पहिलोपटक शक्ति प्रदर्शन गर्दै औपचारिक सभा सम्पन्न गरेको छ। सिफल चौरमा आयोजित ‘संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम’मा अध्यक्ष तथा धरानका मेयर हर्क साम्पाङसहित ठूला संख्यामा नेता–कार्यकर्ताहरू उपस्थित रहे।
साम्पाङले पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गरे। सहभागीहरूले राष्ट्रिय झण्डा र पार्टीले पाएको निर्वाचन चिन्ह-दुई हातको अँजुलीमा लिएको माटो अंकित प्लेकार्ड बोकेर सहभागिता जनाए।
श्रम संस्कृति पार्टीलाई राजधानीमा देखिएको यो उपस्थिति संगठन विस्तारतर्फको महत्वपूर्ण सुरुवातका रूपमा लिइएको छ।





