२४ मंसिर, बुटवल। रुपन्देहीमा बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई पक्राउ गरेको हो। उनी यसअघि जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा कार्यरत थिए।
पक्राउको आधार उनकी श्रीमतीको उजुरी र अदालतबाट प्राप्त पक्राउ पुर्जी रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार, “बहुविवाहको मुद्दा परेपछि डीएसपी नेपाल आफैं हिजो साँझ उपस्थित भएका थिए। उनलाई पक्राउ गरेर अनुसन्धानका लागि म्याद थप गरिएको छ।”
नेपालमाथि थप अनुसन्धानका लागि तीन दिनको म्याद थप गरिएको छ र बहुविवाहसम्बन्धी थप प्रमाण संकलन भइरहेको छ।





