समाचार

नेपाली सेनामा ३८८ जनाका लागि भर्ना खुल्यो

२६ मंसिर, काठमाडौं । नेपाली सेनाले प्राविधिक, हवाई तथा विविध सेवातर्फ कुल ३८८ पदका लागि भर्ना खुलाएको छ।

भर्ना खुल्ने पदहरूमा नर्सिङ ओभरसियर, भेहिकल मेकानिक्स, भिडियो ग्राफर, प्रचार–प्रसार, इलेक्ट्रिसियन, डिस्प्याचर, कम्प्युटर, डेण्टल, ध्वनी सम्पादन, ब्याण्डलगायतका पदहरू छन्।

पदहरूको वर्गीकरण अनुसार खुला तर्फ २०५, आदिवासी/जनजाति कोटामा ५३, मधेशी कोटामा ४४, दलित कोटामा २८, महिला कोटामा ३१, सैनिक सन्तति कोटामा २० र पिछडिएको क्षेत्रका लागि ७ जना माग गरिएको छ।

भर्ना प्रक्रियाबारे थप विवरण नेपाली सेनाको आधिकारिक वेबसाइट वा स्थानीय सैन्य कार्यालयबाट प्राप्त गर्न सकिने छ।