राजनीति

राजकुमार तामाङ श्रम संस्कृति पार्टीबाट निलम्बित

२ पुस, काठमाडौं । विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ । पार्टी अध्यक्ष हर्क साम्पाङले जारी गरेको विज्ञप्तिमा अनुसन्धान प्रक्रियामा कुनै किसिमको प्रभाव वा दबाब नपरोस् भन्ने उद्देश्यले अनुसन्धानको टुंगो नलागेसम्म उनलाई पार्टीको उपाध्यक्ष पदबाट निलम्बन गरिएको उल्लेख छ ।

लामालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार काठमाडौंको कपन क्षेत्रबाट पक्राउ गरेको हो । उनीविरुद्ध २०८१ भदौ १४ गते भएको बम विस्फोट घटनामा संलग्न रहेको आरोपमा मुद्दा दायर गरिएको छ ।

उक्त विस्फोटमा एक बालिकाको ज्यान गएको थियो भने दुई जना घाइते भएका थिए । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।