१३ पुस, विराटनगर । मोरङको जहदा गाउँपालिका नजिक प्रहरीले ३३० किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
शुक्रबार राति १०:३० बजे तारिगामा सीमा नजिक प्रहरीले देख्दा उनीहरूले टाउकोमा बोकेको गाँजाको बोरा फालेर भाग्न खोजे।
नियन्त्रणमा लिन प्रहरीले चाइनिज पेस्तोलबाट हवाई फायर गरेको थियो। पक्राउ परेका व्यक्ति भारतको अररिया जिल्ला बस्ने २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खान हुन्।





