२८ पुस, काठमाडौं । गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड) लाई नियुक्त गरिएको छ । सोमबार बसेको मन्त्रीपरिपद्को बैठकले रिक्त रहेको गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका हुन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका प्रवक्ता खरेलले रिक्त रहेको गोरखापत्र संस्थानको अध्यक्षमा भण्डारीलाई नियुक्त गर्ने निर्णय आजको मन्त्रीपरिषद्को बैठकले गरेको जनाए । सरकारले भण्डारीलाई गोरखापत्र संस्थानको अध्यक्षमा नियुक्त गर्ने निर्णय लगायत अन्य निर्णयहरु समेत गरेको समेत बताए ।
वरिष्ठ पत्रकार भण्डारीले केहीदिन अगाडी अन्नपूर्णपोष्टको सम्पादकबाट राजीनामा दिएका थिए ।





