समाचार

कांग्रेस विशेष महाधिवेशनः कार्यसमिति चयन भए गगन थापा सर्बसम्मत सभापति

२८ पुस, काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित महाधिवेशनको बन्दसत्र मङ्गलबारसम्मका लागि लम्बिएको छ ।

मङ्गलबार बिहान ९ः०० बजेदेखि बन्दसत्र पुनः सुरु हुने र निर्वाचन प्रक्रिया अगाडि बढाइने विशेष महाधिवेशन प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि बन्दसत्रमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने उनले बताए ।

दुई प्रतिवेदनमाथि समूहगत छलफल जारी रहेकाले मङ्गलबार प्रत्येक समूहले निष्कर्ष सुनाउने कार्यक्रम छ । “पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ । सोहीअनुसार प्रक्रिया अगाडि बढेको छ”, संयोजक पोखरेलले भने ।

उनले महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि नाम दर्ता गर्ने सङ्ख्या बढेको र हालसम्म ६३ प्रतिशत पुगेको जानकारी दिए । निर्बाचन प्रकृया भए मंगलबार सभापतिमा गगन थापा सर्बसम्मत हुने र अन्य नेतृत्वसमेत सर्बसम्मत प्यास हुने महाधिवेशन प्रतिनिधिहरुले बताएका छन् ।