राजनीति

बिश्वप्रकाश शर्माले आफु पाँच बर्षका लागि कारबाहीमा परेपनि यसो भने !

३० पोस, काठमडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको पाँच बर्षका लागि कारबाही गरेपछि यसो भनेका छन्ः

सहमतिका लागि आज बिहान प्रस्तावित यी ८ बुँदामध्ये कुन बुँदा काँग्रेस र देशको अहितमा थियो र छ ?
१० बिशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिने
ि२. बिशेष महाधिवेशन परिमार्जन सहित पारित प्रस्तावहरु कार्यान्वयन गर्ने !
३. सभापतिले सक्रिय भुमिका निर्वाह नगर्ने, सो क्रममा उम्मेदवारी पत्रमा सभापतिले हस्ताक्षर नगर्ने
४. उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गर्ने
५. आगामी निर्वाचनमा एक ढिक्का भएर मैदानमा जाने
६. कुनैपनी दलसँग गठबन्धन नगरेर नेपाली काँग्रेसले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने !
७. नेपाली काँग्रेसका तर्फबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने !
८. यी सबै कार्य समन्वय र कार्यान्वयन गराउन ५ सदस्यीय संरचना गठन गर्ने िजसमा ( कार्यवाहक सभापति र दुई महामन्त्री बाहेक थप दुई नेताहरू रहने । मुस्कुराउँदै फेरि पढें यी बुँदा, मेरो प्रतिक्रिया केवल यत्ति छ– काँग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म, दुवै दृढ छौँ । बिधान अनुरूपको बिशेष महाधिवेशनले देशलाई सहि दृष्टिकोण दिएको छ, अब सहि नेतृत्व दिनेछ ।