३० पौस, काठमाडौं । बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकी अनुपा प्रधान राजभण्डारी यस बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक पदमा नियुक्त भएका छन् ।
नवनियुक्त सञ्चालक अनुपा प्रधान राजभण्डारीले सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएका छन् ।
बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गर्नु भएको वहाँले तत्कालिन बैंक अफ काठमाडौंमा विभिन्न विभागको नेतृत्व सम्हालेका थिए । बैंकको सञ्चालक पदमा नियुक्त भएकोमा अनुपा प्रधान राजभण्डारीलाई सफल कार्यकालको कामना गर्दै सम्पूर्ण बैंकले धन्यबाद दिएको छ ।





