पर्यटन/संस्कृति

होटेल उडल्यान्डको डान्स क्लबमा आगो, स्थिति नियन्त्रणमा

१५ माघ, काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको छ। दरबारमार्गमा रहेको होटेल उडल्यान्डको माथिल्लो तलामा सञ्चालित ‘ब्ल्याकआउट डान्स एन्ड रेष्टुरेन्ट’मा बिहीबार बिहान आगलागी भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार आगो अहिले पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ। घटनापछि प्रहरी तथा दमकलको टोलीले तत्काल उद्धार र नियन्त्रण कार्य अघि बढाएको थियो।

आगलागीको कारण भने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबाट भएको क्षतिको विवरण संकलन भइरहेको र आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।