राजनीति

जेनजी आन्दोलन राष्ट्रविरोधी, नयाँ शक्ति मुखुण्डो मात्र रहेको ओलीको आरोप

७ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनलाई राष्ट्रको सार्वभौमसत्ता र अस्तित्वमाथिको योजनाबद्ध हमला भएको आरोप लगाएका छन्। ओलीले भने, “भदौ २४ गतेको महाविनाश अप्रत्यासित घटना होइन, यो देशविरोधी योजना हो। त्यसको अनुहार छोप्न केही तत्वहरूले ‘नयाँ शक्ति’को मुखुण्डो लगाएका छन्।”

उनले यस घटनालाई पुस्तान्तर वा अन्तरपुस्ता द्वन्द्वको रूपमा नदेख्न आग्रह गर्दै भने, “देश पुस्ताहरूबीचको द्वन्द्वले बनेको होइन, र द्वन्द्वले बन्दैन पनि।”

ओलीले देश निर्माणका लागि युवाको जोश र ऊर्जा अपरिहार्य भएको र अनुभवी पुस्ताको मार्गदर्शनले त्यस ऊर्जा सही दिशा पाउने बताए।

उनको भनाइ अनुसार, देश निर्माणमा युवा र अनुभवको सन्तुलन नै सफलता सुनिश्चित गर्ने मुख्य तत्व हो।