कर्णाली प्रदेश

रास्वपाका कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रा बिक कांग्रेस प्रवेश

१७ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रा बिक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेतले पार्टी परित्याग गर्दै नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

आइतबार सुर्खेतमा आयोजित कार्यक्रममा उनीहरुलाई कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पार्टीमा स्वागत गरेका हुन् ।

बिक र बस्नेतसँगै रास्वपा त्यागेका दर्जनौं नेता तथा कार्यकर्ताले पनि कांग्रेस रोजेको कांग्रेसले जनाएको छ । पछिल्लो समय विभिन्न जिल्लामा दल परिवर्तनको क्रम बढिरहेका बेला कर्णाली प्रदेशमा भएको यो प्रवेशलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

रास्वपाबाट महत्वपूर्ण जिम्मेवारी सम्हालेका नेताहरुको कांग्रेस प्रवेशले कर्णाली प्रदेशको स्थानीय राजनीतिक समीकरणमा असर पर्ने विश्लेषण गरिएको छ । कांग्रेसले भने यस प्रवेशले पार्टी संगठन थप सुदृढ हुने दाबी गरेको छ ।