पर्यटन/संस्कृति

निर्वाचनका दिन यती एयरलाइन्सका उडान स्थगित

१९ फागुन, काठमाडौं । यती एयरलाइन्सले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका दिन आफ्ना सबै उडान स्थगित गर्ने निर्णय गरेको छ। कम्पनीले जारी गरेको सूचना अनुसार सो दिन कुनै उडान सञ्चालन हुने छैन।

तर निर्वाचन आयोगले यसपालि आन्तरिक उडान निरन्तर राख्ने निर्णय गरेकाले, इच्छुक कम्पनीहरूले आफ्नो उडान नियमित राख्न सक्छन्। यती एयरलाइन्सले भने २२ फागुनदेखि उडान फेरि नियमित हुने जनाएको छ।

काठमाडौं विमानस्थलबाट हवाई यात्रुका लागि सो दिन सटल बस सुविधा उपलब्ध गराइनेछ, तर अन्य विमानस्थलमा त्यस्तो सुविधा नहुँदा यात्रुहरूका लागि यात्रा सहज हुने भने छैन।