लुम्बिनी

शंकर पोखरेललाई हराएका रास्वपाका विपिनको चुनावी खर्च सवा १६ लाख

२७ फागुन, दाङ । दाङको क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित विपिनकुमार आचार्यले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्चको विवरण बुझाएका छन्।

मंगलबार प्रतिनिधिसभा सदस्यमा निर्वाचित आचार्यले बुझाएको चुनावी खर्च विवरणमा १६ लाख २९ हजार ५६२ रुपैयाँ खर्च भएको उल्लेख छ।

उनी रास्वपाका सहमहामन्त्री समेत हुन्। आचार्यले नेकपा एमालेका महासचिव शंकर पोखरेल लगायतका ‍पराजित गरेका थिए।