फेब्रुअरी २८ मा युद्ध सुरु भएयता मध्यपूर्वबाट करिब २० हजार नागरिकलाई स्वदेश फर्काइएको फ्रान्स सरकारका प्रवक्ता माउड ब्रेजनले बुधबार जानकारी दिएका छन् ।
इरान, संयुक्त राज्य अमेरिका र इजरायलबीच युद्ध सुरु हुँदा लगभग चार लाख फ्रान्सेली नागरिकहरू खाडी र मध्य पूर्वका देशहरूमा बसिरहेका थिए वा भ्रमण गरिरहेका थिए ।
सरकारको पहलमा ‘चार्टर्ड’ उडानमार्फत करिब २० हजार नागरिकहरूको फिर्ता भएकमो र थप १७,००० मध्य पूर्व र फ्रान्सबीचको व्यावसायिक सामुद्रिक मार्गहरू भएर फर्किएका ब्रेजनले क्याबिनेट बैठकपछि पत्रकारहरूलाई बताए।
“बुधबारसम्म २० हजार भन्दा बढी मानिसहरू फ्रान्सेली भूमिमा फर्किएका छन्,” उनले थपे ।
फ्रान्सका विदेशमन्त्रीले साताको अन्त्यसम्ममा थप नौ वटा चार्टर्ड उडान गर्ने बताउका छन्।
“यस हप्ता मध्य पूर्वबाट प्रस्थान गर्ने व्यावसायिक उडानहरूमा थप ३० हजारसीटहरू फ्रान्स फर्कन चाहने फ्रान्सेली नागरिकहरूको लागि उपलब्ध हुनेछन्,” विदेशमन्त्री जोएल–नोएल बारोटले प्रसारक फ्रान्स २ सँग भने ।





