समाचार

धनुषा–१ का उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, २८ फागुन । सर्वोच्च अदालतले धनुषा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको छ।

गलत तरिकाले आफ्नो नाम कालोसूचीमा राखिएको भन्दै साहले अदालतमा रिट दायर गरेका थिए। सोही रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सारंगा सुवेदीको इजलासले नेपाल राष्ट्र बैंक र कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश जारी गरेको हो।

अदालतको उक्त आदेशसँगै साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय पनि प्रभावहीन हुने अवस्थामा पुगेको छ।

अन्तरिम आदेशपछि साहको उम्मेदवारी यथावत रहने र उनले प्राप्त गरेका मतसमेत वैध रहने अवस्था बनेको बताइएको छ।