राजनीति

एमाले अध्यक्ष केपी ओलीलाई पितृशोक

२९ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ।

ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो।

पारिवारिक स्रोतका अनुसार केही समययता मोहनप्रसाद ओली अस्वस्थ थिए।

उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ। साथै आजै उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन्।