मनोरञ्जन

आ बाट आमाले कमायो झण्डै १३ करोड रुपैयाँ

३ चेत, काठमाडौं । नेपाली कथानक चलचित्र आ बाट आमाले राम्रो कमाइ गरेका छ । माघ १६ गतेबाट प्रदर्शनमा आएको चन्द्र पन्त निर्देशित चलचित्र आ बाट आमाले फागुन ३० गते (शनिबार)सम्म आइपुग्दा १२ करोड ९९ लाख ३ हजार ८२० रुपैयाँको कमाइ गरेको छ ।

पल शाह, विपना थापा, प्रदीप रावतलगायत कलाकारहरूको अभिनय रहेको आबाट आमा को ४ लाख ९७ हजार ९६३ वटा टिकट बिक्री भएको चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।