पर्यटन/संस्कृति

राई–लिम्बू प्रतिनिधित्व नभएकोमा रवि लामिछाने द्वारा क्षमायाचना

४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व हुन नसकेकोमा सार्वजनिक रूपमा माफी मागेका छन्।

बिहीबार आयोजित पार्टीको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस विषयमा दुःख व्यक्त गर्दै समावेशीताको कमी भएको स्वीकार गरे। उनले सभापतिको हैसियतमा क्षमायाचना गर्दै आगामी दिनमा यस्ता समुदायहरूको प्रतिनिधित्व सुनिश्चित गर्न विशेष प्राथमिकता दिने प्रतिबद्धता जनाए।

उनले पार्टीले भविष्यमा अझ समावेशी र सन्तुलित प्रतिनिधित्व सुनिश्चित गर्ने दिशामा काम गर्ने पनि स्पष्ट पारे।