चैत ४, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक आगामी शुक्रबार दिउँसो १ बजे बस्ने तय गरिएको छ।
बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना हुने बताइएको छ। यद्यपि बैठकमा छलफल हुने एजेन्डाबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।
यसअघि कांग्रेसले गत २१ फागुनमा सम्पन्न निर्वाचनको औपचारिक समीक्षा नगरेको अवस्थामा यो बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। पार्टीभित्र चुनावी परिणाम, रणनीति तथा आगामी कदमबारे छलफल हुन सक्ने अनुमान गरिएको छ।





