समाचार

काठमाडौं-दुबई उडान थपियो: रोकिएका यात्रुलाई प्राथमिकता

९ चैत, काठमाडौं । नेपाल वायुसेवा निगम ले काठमाडौं–दुबई रुटमा थप उडान सञ्चालन गर्ने भएको छ। निगमका अनुसार काठमाडौंबाट दुबईतर्फ २५ र २७ मार्चमा उडान तय गरिएको छ भने दुबईबाट काठमाडौं फर्किने उडान क्रमशः २६ र २८ मार्चमा हुनेछ।

यी सबै उडानहरू काठमाडौंबाट स्थानीय समयअनुसार राति ११:१५ बजे प्रस्थान गर्ने जनाइएको छ।

निगमले यसअघि २८ फेब्रुअरीदेखि मार्च अवधिमा टिकट लिएर पनि यात्रा गर्न नसकेका यात्रुलाई प्राथमिकता दिने बताएको छ। साथै, २५ र २७ मार्चका उडानमा अत्यावश्यक यात्राका लागि टिकट पुनः प्रमाणीकरण अनिवार्य गरिएको छ। सिट उपलब्धताको आधारमा पहिले सम्पर्क गर्ने यात्रुलाई प्राथमिकता दिइने पनि निगमले स्पष्ट पारेको छ।