समाचार

अध्यक्ष ओेली पक्राउबिरुद्ध आन्दोलित एमाले कार्यकर्ताले कार्की आयोगको प्रतिवेदन जलाए

१४ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेका कार्यकर्ताहरु सडकमा उत्रिएका छन् ।

च्यासलस्थित पार्टी कार्यालय नजिक कार्यकर्ताहरूले टायर बाल्दै कार्की आयोगको प्रतिवेदनको प्रति जलाएर विरोध जनाएका छन्। सो क्षेत्रमा प्रहरीको उपस्थिति सीमित देखिएको छ।

प्रदर्शनका क्रममा केही कार्यकर्ताले सञ्चारकर्मीप्रति आक्रामक व्यवहार देखाएको समेत जनाइएको छ। सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका हुन्। त्यसको विरोधमा एमालेले देशभर आन्दोलन गर्ने तयारी गरेको छ।