१६ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पेशीमा चढेको छ ।
मुद्दा सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको इजलासमा परेको छ । यसअघि लगातार चारपटकसम्म हेर्न नभ्याइएको सो मुद्दा आज १२ औं नम्बरमा रहेको छ ।
लामिछानेले दोहोरो (नेपाली र अमेरिकी) राहदानी राहदानी लिई प्रयोग गरेको भन्दै युवराज पौडेलले दुई वर्षअघि सर्वोच्चमा रिट दायर गरेका थिए ।
लामिछानेविरुद्ध राहदानीको दुरुपयोग मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानुनविपरीत रहेको रिटमा माग दावी गरिएको छ ।
तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले ६ चैत २०७९ मा लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेका थिए । त्यसविरुद्ध युवराज सफल सर्वोच्च गएका हुन् ।





