१६ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सांसदहरूसँग छलफल सुरु गरेका छन्। आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर प्रधानमन्त्री शाहले छलफल सुरु गरेका हुन्।
उनका सचिवालयका अनुसार, अहिले कर्णाली प्रदेशका सांसदहरूसँग छलफल चलिरहेको छ । छलफलमा सबै दलका सांसदहरू सहभागी रहेको सचिवालयले जानकारी दिएको छ।
आजै अन्य प्रदेशका सांसदहरूसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको छ । प्रदेश अनुसार समूहगत रुपमा छुट्टाछुट्टै छलफल गर्ने तयारी प्रधानमन्त्री शाहको छ ।
यसअघि हिजो प्रधानमन्त्री शाहले आफ्नो क्याबिनेटका मन्त्रीहरूसँग छलफल गरेका थिए । छलफलका क्रममा उनले मन्त्रीहरूको योजना सुन्दै कुनै अलमलमा नपरी काम अघि बढाउन भनेका थिए ।





