समाचार

मकवानपुरमा चट्याङ लागेर एकजनाको मृत्यु, एक घाइते

१८ चैत, हेटौँडा । चट्याङ लागेर मकवानपुरमा एकजनाको मृत्यु भएको छ ।

वाग्मती गाउँपालिकामा–१, भैसेमा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार, ३२ वर्षीय अजय पहरीको मृत्यु भएको हो ।

चट्याङ लागेर घाइते भएका सोही स्थानका ३७ वर्षीय उज्ज्वल थोकरको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।