स्वास्थ्य

आयुर्वेद चिकित्सक सङ्घको अध्यक्षमा डा.शङ्कर गौतम निर्वाचित

२२ चैत, काठमाडौँ । काठमाडौँमा सम्पन्न नेपाल आयुर्वेद चिकित्सक सङ्घको ११औँ राष्ट्रिय सम्मेलनबाट डा. शङ्कर गौतम अध्यक्षमा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी डा.सुवर्ण पौडेल थिए।

चैत २० र २१ गते सम्पन्न सम्मेलनले डा गौतमको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। वरिष्ठ उपाध्यक्षमा डा.रमेश पौडेल, महिला उपाध्यक्षमा डा.सिर्जना श्रेष्ठ, महासचिवमा डा.ऋषिकेशव भुसाल, सचिवमा डा.दीपककुमार मण्डल र कोषाध्यक्षमा डा.सिजन कोजु निर्वाचित भएका छन्।

त्यसैगरी, प्रादेशिक उपाध्यक्षहरूमा कोशीमा डा.विजयकुमार सिंह, मधेसमा डा.शिवनारायण गुप्ता, बागमतीमा डा.देवेन्द्रकुमार यादव, गण्डकीमा डा.नगेन्द्र लामिछाने, लुम्बिनीमा डा.कैलाश न्यौपाने, कर्णालीमा डा.सुदर्शन पोखरेल र सुदूरपश्चिममा डा.हिमाल भट्ट चयन भएका छन्।