३ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० संसदीय दलको बैठक आज बस्दै छ ।
पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, दिउँसो १२स्१५ मा बस्ने गरी बैठक बोलाइएको हो ।
बैठक रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्नेछ ।बैठकमा संसदीय समितिहरूको सभापति निर्वाचनलगायत विविध विषयमा छलफल हुने महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।
संसदीय समितिको निर्वाचन वैशाख ४ मा हुँदै छ । त्यसका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ ।





