आर्थिक

तोलमाम १६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

८ बैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य १६ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार सुनको भाउ तीन लाख एक हजार ३०० रुपैयाँ तोकिएको छ ।

हिजो दुई लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

यस दिन चाँदी तोलामा रुपैयाँले ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १६० कायम भएको छ ।

हिजो पाँच हजार १९० मा खरिदबिक्री गरिएको थियो ।