राजनीति

राजनीतिक दबाबमा गृहमन्त्री गुरुङले दिए राजीनामा

९ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। विवादित व्यवसायीसँग सेयर कारोबारमा संलग्न भएको आरोप लागेपछि उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष राजीनामा बुझाएका हुन्।

गुरुङले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। स्रोतका अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको छलफलपछि उनले राजीनामा दिने निर्णय लिएका हुन्।

प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेकै दिन मन्त्रिपरिषद् गठन गरेका थिए, जसअन्तर्गत गुरुङ गृहमन्त्री नियुक्त भएका थिए। कार्यकालको प्रारम्भिक चरणमा उच्च पदस्थ कर्मचारी पक्राउ गरेर चर्चामा आएका गुरुङ पछिल्लो समय भने विभिन्न विवादका कारण आलोचनाको केन्द्रमा परेका थिए।

सरकारले अब नयाँ गृहमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।