अन्तर्राष्ट्रिय

भारतीय तीर्थयात्री बोकेको जिप स्वर्गद्वारी नजिक दुर्घटना, एक बालकको मृत्यु, २१ घाइते

१० वैशाख, काठमाडौं । प्युठानको स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।

भिङ्ग्रीबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जिप अनियन्त्रित भई सडकबाट करिब २५–३० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा ५ जना बालबालिकासहित २१ जना घाइते भएका छन्।

घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ। बाँकी घाइतेहरूको प्राथमिक उपचार भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रमा भइरहेको छ।

दुर्घटनामा ज्यान गुमाउने बालकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।