१० वैशाख, काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसद्को अधिवेशन स्थगित गरेका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन स्थगन गर्न राष्ट्रपति कार्यालयमा सिफारिस पठाएको थियो। सोही सिफारिस पत्र शीतलनिवास पुगेलगत्तै राष्ट्रपतिबाट स्थगनको निर्णय भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।
‘सिफारिस पत्रमा उल्लेख भएअनुसार नै निर्णय गरिएको हो,’ स्रोतले भन्यो।
यसअघि मन्त्रिपरिषद्कै सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका थिए। अहिले भने सरकारले पुनः सिफारिस गरेपछि अधिवेशन स्थगित गरिएको हो।



