राजनीति

देउवा समूहको भेला धुमबराहीमा सुरु

१५ बैशाख, काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेलामा धुमबराहीमा सुरु भएको छ ।

पूर्णबहादुर खड्काको संयोजनमा भएको भेलामा पूर्व उपसभापतिहरू विजयकुमार गच्छदार र विमलचन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, उमाकान्त चौधरीसहितका नेताहरू सहभागी छन् ।

पूर्वमहामन्त्री डा शशाङ्क कोइराला र सुजाता कोइराला पनि भेलामा सहभागी भएका छन् ।