१७ वैशाख, काठमाडौं । रोल्पा जिल्लाको थवाङ गाउँपालिका–१ जलजलामा भएको भीषण जिप दुर्घटनामा १७ जनाको ज्यान गएको छ। रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो जिप करिब ८ सय मिटर तल भिरबाट खसेपछि दुर्घटना भएको हो।
प्रहरीका अनुसार जिपमा सवार अधिकांश यात्रुहरू वैशाख पूर्णिमाको अवसरमा जलजलामा लाग्ने मेलामा सहभागी हुन गइरहेका थिए। दुर्घटनापछि घटनास्थलमै १७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने घाइतेहरूको उद्धार तथा खोजी कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ।
दुर्गम भौगोलिक अवस्था र कठिन पहुँचका कारण उद्धार कार्यमा चुनौती देखिएको छ। स्थानीयवासी र सुरक्षाकर्मीको संयुक्त प्रयासमा घटनास्थलमा उद्धार कार्य भइरहेको छ।





