ब्रेकिङ न्युज

रास्वपाका सभापति रविसहित नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ गरेका छन्। कार्यक्रम कार्यक्रमस्थलकै हलमा भएको हो।

सभापतिमा रवि लामिछाने र उपसभापति डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका हुन्। अन्य पदमा भने निर्वाचन भएको थियो।

उपसभापति (महिला)मा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य, सहमहामन्त्रीमा खुलातर्फ हरि ढकाल र असिम शाह, महिलातर्फ निशा डाँगी निर्वाचित भएका छन्।

पहिलो चरणमा केन्द्रीय सदस्यका लागि निर्वाचन भएको थियो। दोस्रो चरणमा पदाधिकारीका लागि निर्वाचन भएको हो।