ब्रेकिङ न्युज

बालेन सरकार ५ वर्ष टिक्दैन : कुलमान

२ साउन, काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बालेन शाह नेतृत्वको सरकार ५ वर्ष नटिक्ने दाबी गरेका छन् ।

पार्टीको खाँडादेवी–काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले सरकारले गलत काम गरे सडक आन्दोलन गर्ने चेतावनी दिएका छन्।

उनले ठूलो जिम्मेवारीसहित आएको सरकारले जनताको काम गर्न नसकेको आरोप समेत लगाएका छन् ।

उनले भने, ‘दुई तिहाइको सरकार जनताले विश्वास गरेर पठाएको हो । आम नागरिकको इच्छा आकाङ्क्षा र मागलाई सम्बोधन गर्नलाई जिम्मेवार भएर लाग्नुपर्छ । अहिले विगत ३–४ महिनामै ५ जना नेपाली नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थिति सिर्जना भयो । त्यो तत्कालीन घटनाको घटनाक्रम मात्रै होइन । त्यो निराशाको परिणाम सिर्जना गर्नुमा को–को जिम्मेवार छन्, सबैले जिम्मेवारी लिनुपर्छ। सबैभन्दा बढी जिम्मेवारी सरकारकै रहन्छ ।